रसुवा – पर्यटकीय स्थल भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण गरिएको छ ।
राष्ट्रिय युवा संघ रसुवाले उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भाङ्गे झरना हेर्न र रमाउन आउनेको आन्तरिक तथा बाहय पर्यटकको सहजताका लागि अस्थायी शौचालय निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कुमार नगरकोटिले जानकारी दिए।
कमिटीले राष्ट्रिय युवा संघ नेपाल रसुवा प्रदेश निर्वाचन समन्वय कमिटी ‘ख’ को समन्वयमा अस्थायी शौचालय निर्माण गरिएको हो ।
यसघि युवा संघले रसुवाको विभिन्न स्थानहरुमा फलकफूलका विरुवाहरु रोपेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
