विदुर – नुवाकोट कलाकार समाजको अध्यक्षमा प्रचण्डबाबु राई सर्वसम्मत चयन भएका छन्।
शनिबार काठमाडाैँमा भएको पहिलो भेलाले राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
समाजको उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनिल थापामगर, काेषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ चयन भएका छन्।
यस्तै, समाजको सदस्यहरुमा प्रविन डङ्गोल, साहश शाक्य, सुजित श्रेष्ठ, ध्रुव तामाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्ताेषी कार्की, सन्दिपसिंह थिङ र प्रेम राई रहेका छन्।
संस्थाको कानुनी सल्लाहकारमा गाेकर्ण पुडासैनी, सल्लाहकारहरुमा दामाेदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषाेत्तम डङ्गोल रहेका छन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
