विदुर – नेपाली कांग्रेसको १०० दिने विशेष अभियान नुवाकोटमा आजदेखि सुरु भएको छ।
शुक्रबार विदुरमा रहेको पार्टी कार्यालयमा आयोजित अभियान शुभारम्भ कार्यक्रममा केन्द्रीय प्रतिनिधि राजेन्द्रकुमार केसीले पार्टीका शिर्ष नेताहरुकाबीच अभिमुखीकरण कार्यक्रम गरेका छन् । नेता केसीले अभियानको उद्देश्य र स्थानीय तहगतका प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् ।
सय दिने अभियानमा सदस्यता विशेष अभियानका रुपमा ‘सदस्यता घर आगन अभियान’ सञ्चालन हुने पार्टी सभापति रमेशकुमार महतले जानकारी दिए । क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरणको समेत अभियानमा समेटिएको उनले जानकारी दिए ।
अभियान १६ पुसमा सकिने छ । जिल्लागतका प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन हुन नसकेका स्थानको सम्मेलनको सुनिश्चित गर्नुपर्नेछ । प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्नेछ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउने अभियानमा छ ।
केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको वडासमेत सम्पूर्ण अभिलेख विवरण सहितको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
