नुवाकोट – बेलकोटगढी नगरपालिकाका दुई विद्यालयमा मानव बेचविखन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।
बुधबार तामार मिस्सन नेपालले ८ नम्बर वडामा रहेको कल्याणी माध्यमिक विद्यालय र ९ नम्बर वडा रहेको महादेव माध्यमिक विद्यालयमा मानव बेचबिखन न्यूनीकरणमा सचेतनामूलक कार्यक्रम गरिएको आयोजक संस्थाका संयोजक अष्ट डिम्डुङले जानकारी दिए ।
समृद्ध नुवाकोटको सहयोगमा भएको कार्यक्रममा शिक्षक र विद्यार्थी लगायत १५० जनाको उपस्थिति रहेको थियो।
सचेतनामूलक कार्यक्रममा मानव बेचबिखनको समस्या, यसको रोकथाम तथा समुदायमा यसबारे चेतना फैलाउने विविध उपायहरूबारे जानकारी दिइएको थियो।
कार्यक्रममा मानव बेचबिखन सम्बन्धि सचेतनामूलक वृत्तचित्र समेत देखाईएको थियो।
कार्यक्रमले समुदायमा मानव बेचबिखनको न्यूनिकरणमा सहयोग पुर्याउने आयोजक संस्थाले अपेक्षा गरेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
