नुवाकोट – लच्याङ नागरिक सचेतना केन्द्रको आयोजनामा प्रथम लच्याङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सूर्यगढी गाउँपालिका-१ मा रहेको केन्द्रले यही असोज २० र २१ गते हुने प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

लच्याङ खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुन चाहनेले यही असोज १८ गतेदभित्र दर्ता गर्न सकिने छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीयले क्रमशः ३० हजार, १५ हजार र सात हजार ५०० रुपैयाँ नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने केन्द्रका सचिव रबिन्द्र गोलेले जानकारी दिए । 

सम्बन्धित खवर