काठमाडौं – शिवम् होल्डिङ्स लिमिटेडले ११ करोड ६० लाख रूपैयाँ नगद लाभांश दिने भएको छ ।

कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

कम्पनीमा शिवम् सिमेन्टको ८५ प्रतिशत शेयर लगानी छ।

कम्पनीले होङ्शी सिमेन्टमा पनि तीस प्रतिशत लगानी गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन समेत दिएको छ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न लागेको हो।

सम्बन्धित खवर