नुवाकोट – ककनी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण घिमिरे विजयी भएका छन्।
सोमबार बिहान भएको मतगणनाको अन्तिम मत परिणामअनुसार घिमिरेले एक हजार ८५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुर्य तमाङले ५८७ मत प्राप्त गर्दा नेकपा एमालेका यमबहादुर लामाले ३४२ मत रास्वपाका मंगलसिद्धी लामाले ८३, राप्रापाका खेमबहादुर थापाले २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
गत २०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
