पुस २, नुवाकोट । जारी चौथौँ संस्करणको एनयुएफसी फुटबल प्रतियोगितामा क्षेत्रपाल माध्यमिक विद्यालय विजयी भएको छ।

आज भएको छात्रतर्फको पहिलो खेलमा क्षेत्रपालले विजयन्ती माध्यमिक विद्यालयलाई १-० गोल अन्तरले हराए । खेलको छैठौं मिनेटमा क्षेत्रपालका जर्सी नम्बर १८ का सुगम राईले १ गोल गरे । उनीनै खेलाडी म्यान अफ दि म्याच घोषित भए ।

यस्तै, दोस्रो खेल (छात्रातर्फ)मा चन्द्रज्योति माध्यमिक विद्यालयले जालपादेवी बोर्डिङ स्कुललाई १-० गोल अन्तरले हराए । खेलको ५०औं मिनेटमा चन्द्रज्योतिका जर्सी नम्बर ११ का विनिता कुमाल १ गोल गरिन् । उनीनै म्यान अफ दि म्याच घोषित भईन् ।

तेस्रो खेल (छात्रतर्फ)मा जालपादेवी बोर्डिङ (जेडी) स्कुलले अमरज्योति माध्यमिक विद्यालय ३-१ गोल अन्तरले हराए ।

जेडीका सुवाल लामा तामाङ, आवाज राई र सन्तोष कुमालले १/१ गोल गरे । यसैगरी अमरज्योतिका रिजन तामाङले १ गोल गरे ।

खेलमा जेडीका जर्सी नम्बर ३० का युकेस पनेरु म्यान अफ दि म्याच खेलाडी घोषित भए ।

प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण नेपाल स्पोर्ट्स नेटवर्कको सामाजिक सञ्जालमार्फत हेर्न सकिने व्यवस्था रहेको छ।

प्रतियोगिताका विजेताले छात्रतर्फ ३० हजार र छात्रातर्फ १५ हजार नगद पुरस्कार र उपविजेता छात्रतर्फ १५ हजार र छात्रातर्फ ७ हजार ५०० रुपैँया नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर