पुस ६, नुवाकोट । लिखु गाउँपालिकालाई बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकासँग जोड्ने दुई प्रतिक्षित पुलको एकसाथ शिलान्यास गरिएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

मुख्यमन्त्री तामाङले पुल निर्माण पश्चात् कृषि उपज बजार पुर्‍याई आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सिन्दुरे खोलामा निर्माण हुने एक पुल लिखु गाउँपालिका–३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी नगरपालिका–१३ स्थित ढाडेँफेदी जोड्ने पक्कि पुलको लागत आठ करोड ४६ लाख रुपैँया रहेको छ ।

यसैगरी लिखु गाउँपालिका–३ स्थित कटरबोटेबाट ककनी गाउँपालिका–७ चतुरालेफेदी जोड्ने पक्कि पुलको लागत पाँच करोड ८६ लाख रुपैँया रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

सम्बन्धित खवर