९ पुस, नुवाकोट – चौथौं संस्करणको एनयुएफसी फुटबल प्रतियोगिताको छात्रतर्फ उपाधि च्वाडि पब्लिक माविले जितेको छ ।

सोमबार (आज) च्वाडी र चन्द्रज्योति माविबीच भएको फाईनल खेलमा च्वाडीले चन्द्रज्योतिलाई ट्राईब्रेकरमा ४-३ गोलअन्तरले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै समुहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकलिएको हो ।

एउटै भूगोलका दुई समुहको फाईनल खेल रोमाञ्चक रहेको थियो ।

उपाधीसँगै च्वाडीले ३० हजार र उपविजेता १५ हजार रुपैँया नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

छात्रातर्फ उपाधि विजेता चन्द्रज्योति मावि

चन्द्रज्योतिलाई एनयुएफसी फुटबल उपाधी

कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले खेलकुदमा सहयोग मात्र नभई खेलकुदको पूर्वाधार विकासको लागि नीति र रणनीति ढङ्गले अघि बढेको जानकारी दिईन् ।

विजेता र उपविजेताहरु विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्‍जित, २ का अध्यक्ष दिपक कायस्थ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पुस १ देखि ८ गतेसम्म भएको प्रतियोगितामा छात्र र छात्रा गरी २० समुहले सहभागिता जनाएको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

सम्बन्धित खवर