९ पुस, नुवाकोट । बट्टार युवा क्लबका खेलाडीहरुलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विदाइ गरेका छन् ।

मङ्गलबार नगरप्रमुखले बट्टारमा आयोजित कार्यक्रममा दोस्रो बागमती प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सहभागी हुन हेटौँडा प्रस्थानका लागि क्लबका खेलाडी तथा प्रशिक्षकलाई विदाइ गरेका हुन् ।

विदाई कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, २ नम्बरका वडा अध्यक्ष दिपक कायस्थ, नुवाकोट फुटबल सङ्घका अध्यक्ष देवनारायण चित्रकारलगायतले खेलाडी तथा समुहलाई शुभकामना व्यक्त गरेका छन् ।

बागमती प्रदेश फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा बट्टार समुह ‘डि’ मा रहेको छ । बट्टारले समूहको टाईगर टिम तिखातल दोलखासँग पहिलो खेल खेल्नेछ ।

बागमती फुटबल लिगको खेल तालिका सार्वजनिक

प्रतियोगिता मकवानपुर जिल्लाको हेटौंडास्थित पिप्ले क्याम्पा खेलमैदानमा हुनेछ ।

सम्बन्धित खवर