२० पुस, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति शोक व्यक्त गरेको छ ।
स्वर्गीय पुडासैनीको ३३ वर्षको उमेरमा गएराति काठमाडौस्थित हेल्पिङह्याण्ड अस्पतालमा निधन भएको हो ।
सचिव सुनिल श्रेष्ठद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ ‘पुडासैनीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । नेपाल पत्रकार महासंघ स्वर्गीय पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ।’
यसैबीच पत्रकार पुडासैनीको शनिबार देवीघाटमा अन्त्यष्टी गरिएको नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए ।
बेलकोटगढी नगरपालिका-९ निवासी स्वर्गीय पुडासैनी पछिल्लोसमय नेपाल भ्युज अनलाइनको उपसम्पादकको रुपमा कार्यरत थिए । नुवाकाेट एफएमबाट पत्रकारिता गरेका स्वर्गीय पुडासैनीले माउन्टेन टेलिभिजन, हिमालय टाइम्स, प्राइम टाइम्स टेलिभिजन, रेडियो अन्नपूर्ण र शिलापत्र अनलाइनमा कार्य गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
