१४ माघ, नुवाकोट । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रथम विदुर मेयर कप बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

विदुर नगरपालिकाको सहयोगमा यहि फागुन ४ गतेदेखि ६ गतेसम्म बुद्धिचाल प्रतियोगिता हुन लागेको नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । स्विस नियमअनुसार हुने प्रतियोगितामा सहभागी हुन आउने जिल्ला बाहिरका खेलाडीको लागि आवासको सुविधा व्यवस्था रहेको अध्यक्ष जोशीले जानकारी दिए ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमश: ४० हजार रुपैयाँ, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका चौथौंले १० हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । छैठौँ स्थानदेखि १० औं स्थानमा रहने खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी जिल्लाबासीतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमश: २५ रुपैयाँ, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।चौथौंले ७ हजार रुपैयाँ र पाँचौँले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विदुर नगरपालिकाको ढुङ्गेमा हुने प्रतियोगितामा करिब ४ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

प्रतियोगितामा भारतसहित नेपालका शीर्ष खेलाडीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको प्रतियोगितामा सहभागिताको लागि फागुन १ गतेसम्म नाम दर्ता गर्नुपर्ने छ ।

सम्बन्धित खवर