१ फागुन, काठमाडौं । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बिहीबार एन्फा महासचिव किरण राईलाई भेट गरेका छन् ।

मेयर राजन श्रेष्ठले एन्फाको कार्यालयमा पुगेर शिष्टाचार भेट तथा भ्रमण समेत गरेका छन् ।

भेटमा दुईपक्षबीच फुटबलको विकासमा स्थानीय सरकार र एन्फा भूमिकाको बारेमा छलफल भएको छ।

मेयर श्रेष्ठले नगरको खेलकुद विकासको लागि भविष्यमा पूर्वाधार वृद्धि र प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासचिव राईले खेलको प्रवर्द्धन र विकासमा स्थानीय सरकारको योगदानको प्रशंसा गरेका छन् ।

सम्बन्धित खवर