११ फागुन, नुवाकोट । आज फागुन ११ गतेदेखि केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
दुई विदेशसहित नौ टोलीको सहभागिता रहने प्रतियोगिताको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुने आयोजक नेपाल युवा संघले जनाएको छ ।
उद्घाटन खेल एपिएफ र आहा रारा पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ।
क्वाटरफाइनलसम्मका खेल सातदोबाटोमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। फागुन १६ र १७ गते सेमिफाइनल र १९ गते फाइनल हुनेछ।
उद्घाटन खेलका दुईसहित संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड तथा आयोजकको केपी एफसीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार १ सय ११ रुपैंया , दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ताले र उदीयमान खेलाडीलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्लेयर अफ द म्याचले र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।

© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
