२२ फागुन, नुवाकोट । नेतृ डा. विन्दा पाण्डेद्वारा लिखित पार्टीको इतिहास झल्कने ‘भुइँमान्छे’ पुस्तक सार्वजनिक भएको छ ।
कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा एमालेसम्मको राजनीतिक यात्रामा आम कार्यकर्ताको योगदान समेटिएको पुस्तक झापामा आयोजित कार्यक्रममा बुधबार सार्वजनिक गरिएको छ ।
नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य डा. पाण्डेले पुस्तकमा सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टले आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले परिचित छ ।
कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तात्कालीन घटनामा आम कार्यकर्ताको भूमिका पुस्तकमा समेटिएको लेखक पाण्डेले बताईन् । कोअर्डिनेसन केन्द्र स्थापनाका आश्रयदाता भक्तबहादुर आले (मनोहर) र माले निर्माणमा आश्रय दिने इटहरा मोरङका टेकबहादुर राईले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
एमालेको दस्तावेज समेटिएको पाण्डेको पुस्तक होम भट्टराईले सम्पादन गरेका छन् ।
झापा आन्दोलनका योद्धा नरेश खरेलको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन समारोहमा झापा आन्दोलनका योद्धा सानु दुर्गा अधिकारीसहितको उपस्थिति थियो।
झण्डै चारदशक बाम राजनीतिमा बिताएकी डा. पाण्डेले आमसर्वसाधरणले तत्कालीन समयमा निर्वाह गरेको भूमिका र इमानका कारणनै मुलुकले लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गर्न सकेकाले उनीहरूको भूमिकालाई सम्मान गर्नुपर्ने बताइन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
