काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ अभियान ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ।
यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउन सक्नेछन् । जसमा बम्पर उपहार आईफोन-१६ पनि रहेको छ। यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो।
मोबाइल टपअप र फोन पे डिरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै बैंकले डिजिटल बैंकिङलाई सहज रसजिलो बनाउन चाहन्छ साथै ग्राहकहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गर्ने लक्ष्य राखेको छ।
यस अभियानमा सहभागी हुन, ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोन पे कारोबार गर्नुपर्नेछ। यी कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकले बताएको छ ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् ।
यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
