६ चैत, नुवाकोट । तादी घ्याङफेदी जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।
एबिपि इनर्जी प्रालिले प्रबर्द्धन गरेको आठ मेगावाट आयोजनाको आज बुधबार वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा आयोजनाको तर्फबाट एबीपीका अध्यक्ष पूर्णलाल अमात्य र सिद्धार्थ बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले एक अर्ब २३ करोड ऋण लगानी गर्ने छ। आयोजनाको कुल लागत एक अर्ब ६४ करोड छ ।
आयोजनाबाट उत्पादित बिजुली हिउँदयाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा, तथा वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने गरि नेपाल विद्युत प्राधिकरणसँग पीपीए सम्झौता भईसकेको छ ।
प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ तादीमा निर्माण हुनेछ । यो जलविद्युत आयोजनाको प्रतिमेगाबाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट २०८४ बैशाखमसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।
जलविद्युत आयोजनामा सिद्धार्थ बैंकले एकल लगानी गर्ने भएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
