६ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’को अवसरमा वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बैंकले देशभरी विभिन्न २९४ शाखा कार्यालयहरुमार्फत् १० हजारभन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरु माझ उक्त कार्यक्रममा गरिरहेको छ ।
अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ‘ग्लोबल मनी विक’ बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी सञ्चालन गरिरहेको छ ।
बैंकले विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा आफ्ना शाखाबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछ ।
अभियान अन्तर्गत बैंकले बैंकसँग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
