चैत १८, विदुर । नुवाकोट म्यागङ गाउँपालिकाको आयोजनामा आउँदो वैशाख ७ गतेदेखि १२ गतेसम्म राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

आज (सोमबार) विदुरमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशा तामाङले ऐतिहासिकस्थलमा सामरीको देवीघाट मन्दिर परिसरमा राष्ट्रियस्तरीयको भलिबल हुने जानकारी दिएका हुन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा उक्त मन्दिरमा पुजाआजा गरी नुवाकोट विजय हासिल गरेको हुनाले उक्त स्थानमा तेस्रो संस्करणको भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । “प्रतियोगिताभर पालिकाका क्षेत्रमा सञ्चालन आएका होटल तथा रेष्टुरेण्टहरुमा खाना तथा आवासको मुल्यदर कायम गर्ने छौँ”, उनले भने ।

गाउँपालिकाले प्रतियोगितालाई व्यवस्थित र मर्यादित गर्दै राष्ट्रिय खेल भलिबल खेलको प्रबर्द्धनको निमित्त अवनत्व लिँदै आईरहेको पालिका उपाध्यक्ष सिता गुरुङले बताईन् ।

दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको प्रतियोगितामा राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमश: ३ लाख ३ हजार ३३३ रुपैयाँ, २ लाख २ हजार २२२ रुपैयाँ र १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित तक्मा, प्रमाणपत्र र शिल्ड प्राप्त गर्ने सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर