२२ चैत, नुवाकोट । गोल्डेन कम्युनिटी संस्थाले नुवाकोट जिल्लाका चार स्थानीय तहका विद्यालयमा प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधारको लागि परियोजना लागू गर्ने भएको छ ।
बिहीबार विदुरमा आयोजित बालविकास र पुर्वप्रथामिक शिक्षा सम्बन्धि जिल्लास्तरी अभिमुखीकरण कार्यक्रममा गोल्डेन कम्युनिटी संस्थाकी प्रबन्धक निर्देशक रेजिना गुरुङले उक्त जानकारी दिएकी हुन् ।
‘नेपालमा बालबालिका, अभिभावक र शिक्षक त्रयद्वारा विद्यालय तयारी कार्यक्रमको अन्तराल हटाउने र विस्तार गर्ने कार्यक्रम परियोजना’ कार्यक्रम आउँदो शैक्षिकसत्र २०८२ देखि लागु हुने गरी नुवाकोट जिल्लाका शिवपुरी, ककनी, पञ्चकन्या र तारकेश्वर गाउँपालिका उक्त परियोजना लागु हुने उनले जानकारी दिईन् । इसिडी शिक्षक, अभिभावक र विद्यार्थीलाई क्षमता अभिवृद्धि तालिम यस परियोजनाको छ । उनले इसिडीमा आवश्यक प्रशिक्षणको साथै स्रोत उपलब्ध गराउने बताएकी छिन् ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रारम्भिक बाल विकास शिक्षामा भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन् । विद्यालयको शैक्षिक सुधार, शैक्षिक सामग्री, मानवस्रोत, खाजालगायतको व्यवस्थापनका लागि गाउँपालिकाले कार्य गर्दै आईरहेको भएतापनि गोल्डेन कम्युनिटीको उक्त परियोजनाले समग्र जिल्लाको शैक्षिक क्षेत्र सुधार हुने अपेक्षा रहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले प्रारम्भिक बालविकास र शिक्षा सम्बन्धि प्रष्ट परेका थिए । उनले पूर्व प्राथमिक तहका शिक्षा सम्बन्धि दैनिक कार्य तालिका, शैक्षिक सत्र २०८२ को कार्यक्रम, सिकाईमा सुधारको अवसरलगायतका विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका रामचन्द्र इटनीले उक्त परियोजनाबाट नुवाकोट र धदिङ जिल्लाको शैक्षिक सुधारको लागि सहजीकरण हुने बताए ।
संस्थाका बरिष्ट शिक्षा संयोजक नेत्रलाल सुनारले परियोजना अन्तर्गतको मुख्य क्रियाकलापहरु जिल्लास्तरीय अभिमुखीकरण, तालिम पुस्तिकाको विकास र अनुकुलन, अभिभावक सहजीकरण पुस्तिकाको अनुकुलन, प्रशिक्षणको योजना, तालिम र अभिभावक सत्र सञ्चालन कार्यक्रमको जानकारी दिएका थिए ।
यसैगरी फिल्ड अप्रेशन मेनेजर मल्लले परियोजनाको बारे थप जानकारी दिएकी थिईन् ।
कार्यक्रममा चार स्थानीय तहका शिक्षा प्रमुख, विद्यालय प्रधानाध्यापक र शिक्षकको सहभागिता रहेको थियो ।

© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
