२१ वैशाख, नुवाकोट । नुवाकोट जिल्ला खेलकुद विकास समितिले नेपाली खेलकुद जगतका पूर्व राष्ट्रिय महिला खेलाडीहरुलाई सम्मान गरेको छ ।

समितिले बागमती प्रदेश मुख्यमन्त्री कप २०८२ राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अवसरमा नुवाकोटका संगीना वैद्य, चितवनका अरुणा गुरुङ र हेटौडाका पेमा डोल्मा लामा र भक्तपुरका विना श्रेष्ठलाई सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्वहरुलाई पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले माला लगाएर सम्मानपत्रले सम्मान गरेका हुन् ।

नेपाली खेलकुद र फुटबल जगतको विभिन्न भूमिकामा रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा महिला फुटबल खेलकुद विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले बताए ।

मुख्यमन्त्री कपको उपाधी एपीएफलाई

नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा तीन वटा विभागीयसहित आठ वटा टिमको सहभागिता रहेको थियो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा वैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।

सम्बन्धित खवर