जेठ ८, काठमाडौं । डिजिटल बैंकिङको प्रबर्द्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ।
फोने पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब कुनै पनि फोने पे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्।
‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सेवा चेक वा एटिएम कार्डबिना नै मोबाइल बैंकिङ एपमार्फत नगद झिक्न सकिने प्रणाली हो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
