१४ जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा सरकारको अटुट विश्वास रहेको भन्दै पत्रकारिताले जनविश्वासको बलियो आधार बन्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा उनले सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहको महत्वमा जोड दिए।
मुख्यमन्त्री लामाले कानून निर्माणमा सचेत रहनुपर्ने बताउँदै, गलत व्याख्याबाट समस्या उत्पन्न हुने उल्लेख गरे।
उनले सरकार उत्पादनमुखि क्षेत्रमा लगानी गर्न नसकेको स्वीकार गर्दै अपेक्षाकृत सफलता हासिल गर्न चुनौती रहेको बताए।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
