१५ जेठ, नुवाकोट । पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले थप्रेकमा स्वास्थ्यचौकी भवनको बुधवार उद्घाटन गरेका छन् ।

अध्यक्ष तामाङले गाउँपालिकाको वडा नम्बर ४ मा निर्मित भवनको गाउँपालिका उपाअध्यक्ष बिमला सुवेदी, कर्मचारी, स्थानीयलगायतको उपस्थितिमा उद्घाटन गरेका हुन् ।

दुई तल्ले नौ कोठे स्वास्थ्यचौकी भवन भूकम्प पुर्ननिर्माण प्राधिकरणमार्फत निर्माण भएको जनाएको छ । भवन एककरोड २० लाख रुपैँयाको लागतमा रहेको छ ।

सम्बन्धित खवर