२६ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो । साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

फोहोर संकलनपश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रबर्द्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ ।

आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।

बृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित खवर