३१ जेठ, नुवाकोट । ग्लोबल आइएमई बैंकको नेतृत्वमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्झौतामा हस्ताक्षर भएको छ।
यस आयोजनाको प्रबर्द्धक सौर्य होल्डिङ प्रा.लि. र बैंकबीच ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने सहमति भएको हो । जसमा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंक सहभागी छन् ।
३१.९२ मेगावाट क्षमताको जलविद्युत् आयोजना ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निर्माण हुनेछ।
कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ, बैंकले ७५% लगानी, बाँकी २५% सौर्य होल्डिङको हकप्रद जारीबाट जुटाइने।
आयोजना तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना समयमा सम्पन्न भई ऊर्जा उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धनमा योगदान दिने विश्वास व्यक्त गरेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
