जेठ ३१, नुवाकोट । नाटाङ भञ्ज्याङमा ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–३ र ४ को संगमस्थल उक्त स्थानमा निर्मित बुद्धको मूर्ति गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले उद्घाटन गरेका थिए ।

यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व प्रवर्द्धन गर्ने उद्देश्यले मूर्ति स्थापना गरिएको उनले बताए ।

गाउँपालिकाको ६८ लाख रुपैयाँ लागतमा वाल, दुबो, झण्डा पार्क समेत निर्माण भएको जनाएको छ ।

स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान दिने अपेक्षा गाउँपालिकाले लिएको छ ।

कार्यक्रममा जनप्रतिनिधिहरू, गुम्बा संरक्षण समितिका अध्यक्ष तिर्थ तामाङ, स्थानीयबासी, धार्मिक अगुवालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खवर