२ असार, नुवाकोट । विदुर नगरपालिकामा पछिल्लो साँढे छ वर्षमा ३८ विपद् घटनाहरू घटेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
विदुरमा आयोजित वडास्तरीय विपद् व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा नगरपालिकामा विपद्का घटनाहरु घटेकोमा नदीमा डुबेर ६ जनाको मृत्यु र ४ जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको हो ।
सडक दुर्घटना ४४ वटा भएकोमा ५५ जनाले ज्यान गुमाएका थिए। जसमा दुईसय १८ जना घाइते भएका थिए ।
विपद् घटनाबाट १५ करोड ३० लाख रुपैयाँको आर्थिक क्षति भएको छ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जनप्रतिनिधिलगायतले विपद् प्रतिकार्यमा सामूहिक एकता आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
