२ असार, नुवाकोट । बेलकोटगढी नगरपालिकाले २७ जना महिलालाई १५ दिने जुत्ता बनाउने तालिम दिएको छ।
जुत्ता चप्पल बनाउने तालिम लिएका महिला उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
नगरपालिकाको वडा नं. ४ मा भएको तालिमका महिलाहरुलाई प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख जगतबहादुर गुरुङले बेलकोटगढीमा सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने बताए। उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तुहरु बजारसम्म पुर्याउनका लागि सहजीकरण गर्ने बताए।
कार्यक्रममा उपप्रमुख शिवप्रसाद दाहालले महिलाहरुको क्षमता विकासमा नगरले विशेष जोड दिएको बताए।

नगरपालिकाको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिलाहरुले जुत्ता–चप्पल बनाउने सीप दिईएको हो ।
बेलकोटगढी नपा-३ की अध्यक्ष कौशिला पुडासैनीले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गरेको बताईन् ।
महिला प्रशिक्षार्थीहरूले आफ्नो सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
