३ असार, नुवाकोट । पिपलटारमा जारी प्रथम विदुर मेयर कप वडास्तरीय क्रिकेट प्रतियोगिताको समूह चरण सकिएको छ ।

बागमती प्रदेशस्तरीय रङ्गशालामा भएको समुह चरणको खेलमा विदुर-५ ले विदुर-९ लाई हराउँदै क्वाटरफाईनल प्रवेश गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको विदुर-५ ले विदुर-९ लाई ६५ रनले पराजित गर्दै समुह ‘सि’ को उपविजेता बन्दै क्वाटफाईनलमा प्रवेश गरेको छ ।

विदुर-५ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन बनायो ।

खेलको म्यान अफ दि म्याच विदुर-५ का विकास चित्रकारले ६२ रन बनाए । विनोदले २१, संजिव रिमालले १५, निरज चित्रकारले १७, दिपेश कुमालले ८, मिल गजुरेलले ७ रन बनाए ।

विदुर-९ का राजेश श्रेष्ठले ३३, पुजन श्रेष्ठले १५, रिवेश श्रेष्ठले १०, यम गुरुङले ३, सौराग श्रेष्ठले १ रन बनाए ।

विदुर-५ ले सेमिफाईनल प्रवेशको लागि विदुर वडा नम्बर ३ सँग बिहिबार प्रतिष्पर्धा गर्नेछ ।

यसैगरी वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र १२ प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको छ ।

सम्बन्धित खवर