८ असार, नुवाकोट । लोक भाकाको “चिउरी पातैमा” बोलको गीत र उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

गायक लेख काफले र गायिका अप्सरा घिमिरेद्वारा गाईएको उक्त गीत लेख काफ्लेको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गीतमा शब्द गायक स्वयमको, संगीत लेखु सहयात्रीको र संकलन बिषम आचार्यको रहेको छ । साथै, मिक्सिङ तथा मास्टरिङ भने प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेको छ ।

गाउँघरमा बास बस्न आउने अपरिचित ब्यक्तिको घरबेटीको छोरीप्रतिको आकर्षण र उनीहरु बिचको दोहोरी संवाद र त्यसपछी हुने प्रेम कहानीको सुरुवातलाई रोमाञ्चक ढंगले देखाइएको छ ।

मकवानपुरको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडिओमा लालना छिमरिया र गायक काफ्लेकै अभिनय रहेको छ ।

भिडियोमा बास बस्ने कथावस्तुलाई निर्देशक मौशम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा नवराज उप्रेतीको भिड़ियोग्राफीको उत्कृस्टता देख्न सकिनेछ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर