२२ असार, नुवाकोट । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लिबाट उत्पादन हुने ‘हटपट’ ब्राण्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आदेश दिएको हो।
‘बजार अनुगमनका क्रममा विभागले संकलन गरेको नमूनाको परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न सूचना प्रकाशन गरिएको छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ।
सूचनामा उल्लेख भएअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गत वर्ष भदौमा उत्पादन भएका ब्याच नंः १२७.यू२ का उत्पादन न्यून गुणस्तर भेटिएको हो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
