‘प्लस टु’ सकेपछि उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीको मनमा एउटै प्रश्न उठ्छ – अब के पढ्ने ? विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा । जुनसुकै संकायबाट अध्ययन गरेको भए पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्ने सोच धेरैमा भएतापनि प्रविधिमा रुचि राख्ने विद्यार्थीका लागि आईटी क्षेत्र अवसर र चुनौती अपरिहार्य हुन्छ ।

प्रविधिसँगै हुर्किरहेको अहिले पुस्ता ‘आईटी’ विषयको भन्ने स्पष्ट जानकारी धेरैलाई नहुँदा निर्णय गर्न गाह्रो पर्छ । अहिले जागिरभन्दा पनि प्रतिस्पर्धा बढेको छ । डिग्रीभन्दा पनि सीपलाई महत्त्व दिन थालिएको छ ।

‘प्लस टु’ पछि आईटी पढ्ने निर्णय

धेरै विद्यार्थी प्लस टु सकेपछि आईटी पढ्ने सोचमा हुन्छन्, तर विषय छनौट र कारणबारे स्पष्ट जानकारी नहुँदा अलमलमा पर्छन्। आईटीमा रुचि भए मात्र पढ्न उपयुक्त हुन्छ; अरूको लह लहमा पढ्दा भविष्य अनिश्चित हुन सक्छ।

आईटी किन?

  • २१औं शताब्दीमा ‘आईटी’ आधारभूत आवश्यकता बनिसकेको छ।
  • नेपालमा आईटी उद्योग ‘बुमिङ’ छ, र विश्वभर यसको माग उच्च छ।
  • सरकारी सेवासमेत ‘आईटी’ सीप माग गर्दैछ।

के पढ्न सकिन्छ?

नेपालमा BSc CSIT, BIT, BIM, BCA, Software Engineering, AI, Cyber Security, Data Science आदि कोर्षहरू उपलब्ध छन् । इच्छा हुँदा पनि कोडिङ मन नपर्नेका लागि: वेब डिजाइन, ग्राफिक्स, डिजिटल मार्केटिङ, प्रोजेक्ट म्यानेजमेन्ट, डेटा एनालिस्ट आदि विकल्प छन्।

डिग्रीभन्दा सीप महत्त्वपूर्ण

डिग्रीले बाटो देखाउँछ, तर रोजगारीका लागि सीप अनिवार्य हुन्छ। अध्ययनसँगै ‘आईटी’ क्षेत्रका विभिन्न ह्याकाथन, कन्फरेन्स, प्रोजेक्टमा आफुलाई संलग्न राख्नुपर्छ।

कहाँ पढ्ने?

अहिले नेपालमा धेरै ‘आईटी’ कलेजहरू छन् । प्रतिष्ठित संस्थाहरूले विभिन्न विश्वविद्यालय अन्तर्गत कोर्षहरू पढाउँछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत BSc CSIT, BIT, BIM, BCA जस्ता कोर्षहरू उपलब्ध छन्।

कलेज छनौट गर्दा सिकाइको वातावरण, उद्योगसँगको सम्बन्ध, एलुमुनाई अनुभव आदिमा ध्यान दिनुपर्छ।

अनलाइन स्रोतहरू

  • विश्वका टप आईटी कम्पनीहरूले निःशुल्क स्रोतहरू उपलब्ध गराउँछन् — एजुकेसन इमेलबाट पहुँच मिल्छ।
  • ल्यापटप र इन्टरनेट भए पुग्छ, सिक्नका लागि।

शुल्क कति लाग्छ?

सरकारी कलेजमा सस्तो, निजीमा महँगो — शुल्क ५ लाखदेखि २० लाखसम्म हुन सक्छ। आंशिक वा पूर्ण छात्रवृत्ति पनि उपलब्ध हुन्छ।

सम्बन्धित खवर