२२ साउन, काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको असार मसान्तमा ४६ लाख ८ हजार रुपैयाँ नाफा रहेको थियो ।
अघिल्लो आवको असार मसान्तमा बैंकले इम्पेरमेन्ट चार्ज ६ अर्ब ८४ करोड १४ लाख १० हजार रुपैयाँ रहेको थियो । गत आवको असार मसान्तसम्म २ अर्ब ७९ करोड ६२ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालान नाफा ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ०.२ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ । २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख २५ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
