हेटौंडा । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री प्रभात तामाङ भदौ २ गते रसुवा पुगे । त्यसक्रममा आफ्नो स्वागतमा उपस्थितहरुलाई मन्त्री तामाङले भनेका थिए, तपाईहरुको मतले प्रदेशको आर्थिक समृद्धिको मार्ग पहिल्याउने स्थानमा पुगेको छु अव मन्त्रालयमै बसेर नीति निर्माणमा केन्द्रीत हुन दिनुहोस । सरकारको जिम्मेवारीमा पुगेपछि बढि समय सभा, समारोह, स्वागत र बधाईका कार्यक्रममा बिताउँदा नीति निर्माण र मन्त्रालयको नियमित काममा असर पर्ने र त्यसबाट नतिजामूलक काम गर्न गाह्रो हुने मन्त्री तामाङको बुझाई थियो ।
नीति निर्माणमा क्रियाशिल रहने दृढ अठोटका कारण अहिले मन्त्री तामाङ सार्वजनिक बिदाको दिन बाहेक सबै दिन कार्यालय समयमा मन्त्रालयमै बसेर काम गरिरहेका छन् । प्रदेश सरकारको विभिन्न मन्त्रालयहरुबाट निर्णयका लागि आएका फाईलहरुको काम धमाधम आगडी बढाउँदै आएका मन्त्री तामाङले प्रदेशको आर्थिक बिकासका लागि चाल्नुपर्ने कदमहरुका बारेमा सरोकारवाला र बिज्ञहरुसंगको परामर्शको कामलाई समेत तिब्रता दिएको उनको सचिवालयले जनाएको छ।
यसक्रममा मन्त्री नियुक्त भएको दुई साता भित्र विभिन्न मन्त्रालयको एक दर्जन भन्दा बढि फाईलहरु अगाडि बढाईएको छ भने
प्रदेश सरकार मातहतका विभिन्न कार्यालयहरुको अस्थायी कर्मचारी ब्यबस्थापन लगायत कानुन निर्माणको विभिन्न क्षेत्रमा अध्ययन भईरहेको समेत सचिवालयले जनाएको छ । प्रदेश सरकारको आम्दानीमा बढोत्तरी र खर्चमा मितब्ययिताका लागि पहलकदमी लिईरहेका मन्त्री तामाङ प्रचलनमा रहेको मागमा आधारित बजेट बितरण अन्त्य गरेर आवश्यकतामा आधारित बजेटको सिद्धान्त स्थापित गराउन समेत आवश्यक पहल र परामर्शमा ब्यस्त रहँदै आएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
