बिदुर । निर्वाचन आयोगको मतदानको १७ दिन अघिबाट मात्र औपचारिक चुनावी कार्यक्रम संचालन गर्न पाईने प्रावधान अनुसार नुवाकोट क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीको चुनावी कार्यक्रम आगामी फागुन ४ गते बेलकोटगढी नगरपालिका वडा नम्वर २ को फाँटापौवाबाट सुरु हुने भएको छ । काँग्रेसको बेलकोटगढी नगरपालिका समितिको आयोजनामा हुने उक्त चुनावी सभा बेलकोटगढीको वडा नम्वर १, २, ३ र नुवाकोट क्षेत्र नम्वर १ को केही भाग तथा धादिङ क्षेत्र नम्वर १ को केही भाग समेतलाई लक्ष्यित गरेर तय गरिएको काँग्रेस बेलकोटगढी नगर समितिका सभापति लेखनाथ मुडबरीले जानकारी दिए ।


यसैगरी फागुन ५ गते तारकेश्वरको मानेडाँडा, ६ गते म्यागङको देउराली, ९ गते किस्पाङको दावाचेत, १० गते बिदुरको कोलोनी र ११ गते म्यागङको सामरी भञ्ज्याङमा स्थानीय पालिका समितिहरुको आयोजनामा बृहत् चुनावी सभा आयोजना गरिएको काँग्रेसको २ नम्वर क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक जगतबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार चुनावी सभाहरुमा काँग्रेस सह–महामन्त्री बहादुरसिंह लामा, बरिष्ठ नेता अर्जुननरसिंह केसीसहितका केन्द्रीय र जिल्लास्तरका नेताहरुको सहभागिता रहने छ । तामाङले फागुन १४ गते बेलकोटगढीको रातमाटे र १७ गते बिदुरको बट्टारमा बृहत् जनसहभागितासहितको आमसभा हुने समेत बताए ।

सम्बन्धित खवर