बिदुर । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिवार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । थापाले फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गईरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् । रातदिन नभनि संगठन निर्माणमा क्रियाशिलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशिल रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् ।


नुवाकोट क्षेत्र नम्वर २ को बिशेषगरि बिदुर नगर क्षेत्रमा लोकप्रिय मानिने थापा २०७९ सालको निर्वाचन देखि राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर ईञ्चार्जको रुपमा क्रियाशिल थिए । २०७९ सालमा नुवाकोट क्षेत्र नम्वर २ का उम्मेदवार रहेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिने थापाको बर्हिगमनलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित खवर