बिदुर । बिगत लामो समयदेखि नुवाकोट र रसुवाको सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल यशोदादेबी भगवानसिह केसी मेमोरियल ट्रष्टले भोटेकोशी बाढीबाट प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एकलाख एकसय रुपैया जम्मा गरेको छ । बुधबार सामाजिक उत्तरदायित्वको भावनाले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको ट्रष्टका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीसहित उनका सात दाजुभाईले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा स्थापना गरेको ट्रष्टले केही दिन अघि बिदुरमा स्वास्थ्य शिविर संचालन गरि स्वास्थ्य समस्या देखिएका प्रभावितहरुका लागि औषधि समेत बितरण गरेको थियो । भदौं १० गते यता ट्रष्टका संरक्षक केसी, अध्यक्ष डा. केदारनरसिंह केसी र महासचिव एवं काँग्रेस नेता जगदीश्वरनरसिंह केसी अधिकाँश समय नुवाकोटमै रहेर बाढी प्रभावितहरुको समस्या बुझ्ने र समाधानका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने काममै व्यस्त रहँदै आएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
