बिदुर । गत भदौ १० गतेको बाढीका कारण बिदुर नगरपालिका क्षेत्र भित्र तात्कालिन राहत, पुर्नस्थापना तथा दीर्घकालिन पुनर्निर्माणका कामहरुलाई प्रभावकारी बनाउन बिदुर नगरपालिकाले सबै पक्षसंग सहयोगको अपिल गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ (न) अनुसार नगरपालिकाले बिभिन्न स्थानीय तह, संघ–संस्था,नीजि क्षेत्र, सााजिक संस्था, उद्यमी ब्यवसायी एवं स्वदेश वा बिदेशमा रहेका शुभेच्छुकहरुसंग सहयोगको अपिल गरेको हो ।
नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहज, सुरक्षित र पारदर्शी रपमा सहयोग रकम जम्मा गर्न सकिने र यस्तो सहयोगले बिपद् प्रभावित परिवारको जीवमा ठूलो आशा र राहत ल्याउन सक्ने बिश्वास गरिएको छ ।
यसअघि बिदुर नगरपालिकाले बाढी प्रभावित परिवारहरुका लागि प्रति परिवार १० हजार रुपैया र अन्य आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
